केपी ओलीले थुनेको हाम्रो आवाज यो सरकारले सुन्योः दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले थुनेको आफूहरुको आवाज वर्तमान सरकारले सुनेको बताएका छन् । सर्वोच्च अदालतको आदेशमा आइतबार साँझ रिहा भएका प्रसाईंले यस्तो दाबी गरेका हुन् ।
आफ्नो आन्दोलन नरोकिएको जिकिर गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको विशेष आग्रहमा आइतबारका लागि तय भएको बन्दसहितको कार्यक्रम स्थगित गरेर स्वरूपचाहिँ परिवर्तन गरेको बताए ।
आइतबार सर्वोच्च अदालत परिसरबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईँले आफूलाई गैरकानुनी थुनाबाट मुक्त गरेकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिए । उनले भने, ’सर्वप्रथम म सम्मानित सर्वोच्च अदालतलाई धन्यवाद दिन चाहन्छु । पहिलाको सरकारले हाम्रा आवाजहरू बन्द गर्ने काम गरेको थियो । कमसेकम यो सरकारले त्यो आवाज सुन्यो र तपाईँका माग जायज छन् भन्यो ।’

.gif)