sevenstartv.com २२ मंसिर २०८२, सोमवार

कांग्रेस केन्द्रीय समितिको बैठक आज, यस्ता छन् छलफलका एजेण्डा

६ मंसिर २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको स्थगित भएको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । करिब एक महिनासम्म बसेर निर्णयमा नपुगी पटक–पटक स्थगित हुँदै आएको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्न लागेको हो ।

असोज २८ गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको मितिबारे नै केन्द्रित छ । अहिलेसम्म बैठकमा विभिन्न पद पदाधिकारी र सदस्यले धारणा राखेका छन् । महाधिवेशनको मितिबारे पटकपटक गरिएको आन्तरिक छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

आमनिर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन गर्ने कि पछि गर्ने भन्नेमै कांग्रेसमा पदाधिकारीहरु विभाजित छन् । कार्यबाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले विवादको निरूपण गरेर सहमति जुटाउने प्रयास गरेका छन् तर सार्थकता पाएको छैन ।

कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेपछि त्यही दिन सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेपछि कांग्रेसमा महाधिवेशनबारे एक मत हुन सकेको छैन ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्