sevenstartv.com २२ मंसिर २०८२, सोमवार

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

४ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि सरेको छ । आजको लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार पार्टी केन्द्रीय समितिको बैठक अब शनिबार बस्नेछ । 

पौडेलले आज सूचना जारी गर्दै अब मंसिर ६ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जनाएका छन् । बैठकमा पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थिति रहने पौडेलद्वारा जारी सूचनामा जनाइएको छ । 

यसअघि मंसिर १ गते बस्ने भनिएको बैठक आजको लागि सारिएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक महिना अघिदेखि जारी छ । महाधिवेशन चुनाव अघि गर्ने कि पछि भन्ने विषयमा कांग्रेसभित्र तीब्र विवाद छ । 

बैठकमा सबै नेताहरूले बोलिसके पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्णय नदिएर सभापति शेरबहादुर देउवालाई पर्खिएका थिए । 

देउवा सिंगापुरमा उपचार सकेर नेपाल फर्किसकेका छन् । तर, अझै कांग्रेसले महाधिवेशनको सम्बन्धमा ठोस निर्णय गर्न सकेको छैन । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्