sevenstartv.com २२ मंसिर २०८२, सोमवार

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि, यी विषयमा हुनेछ छलफल

४ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि पुनः बस्दैछ । करिब एक महनिा बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।  

असोज २८ गतेबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन केन्द्रित छ र निष्कर्षमा पुग्न नसकेरे बस्दै स्थगित हुँदै गरेको छ ।

पार्टीमा महाधिवेशनको मितिबारे एकमत छैन । यही विषयमा निष्कर्षमा पुग्न थप छलफलका लागि बैठक एक साता स्थगित गरेर फेरि आज बस्न लागेको हो । बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले महाधिवेशनबारे सुझाव दिएका थिए ।

कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए ।

त्यसैदिन सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेपछि केन्द्रीय समितिमा दुवै प्रस्तावका पक्ष र विपक्षमा सुझाव दिने क्रम जारी छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्