मधेश प्रदेशसभा बैठक बस्दै
काठमाडौं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि दर्ता भएको महाभियोगमाथि छलफल गर्न आज प्रदेशसभा बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्ने छ ।
बैठकमा सहभागिताको लागि प्रदेश सभा सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत जानकारी पठाएको छ । गत कात्तिक २७ गते मधेश प्रदेश सभामा सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले सभामुख मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको भन्दै महाअभियोग प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए ।
सो विषयमा एक साताभित्र सदनमा छलफल गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

.gif)