नेपाली कांग्रेसको बैठक फेरि सर्यो, अब मंसिर ४ गते बस्ने
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठक फेरि सरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा जनाइए अनुसार आज दिउँसो २ बजेका लागि तय भएको बैठक मंसिर ४ गते दिउँसो २ बजे बस्ने गरी साररिएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि सूचित गरिएको मुख्य सचिव पौडेलले जनाएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक महिना अघिदेखि जारी छ । महाधिवेशन चुनाव अघि गर्ने कि पछि भन्ने विषयमा कांग्रेसभित्र तीब्र विवाद छ ।
बैठकमा सबै नेताहरूले बोलिसकेपनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्णय नदिएर सभापति शेरबहादुर देउवालाई पर्खिएका थिए ।
देउवा सिंगापुरमा उपचार सकेर नेपाल फर्किसकेका छन् । देउवा स्वदेश फर्केलगत्तै चुनावपछि महाधिवेशन गर्नेगरी सक्रियता बढाएका छन् ।

.gif)