दल दर्ता गर्ने आज अन्तिम दिन
काठमाडौं । आगामी फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिँदैछ ।
शुक्रबारसम्म २७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका थिए। हालसम्म पाँच नयाँ दलले दर्ताको प्रमाणपत्र लिएका छन्। श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले नयाँ दलको मान्यता पाएका छन् । यस्तै १० वाम दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले पनि दल दर्ताको प्रमाणपत्र लिइसकेको छ। यस्तै रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता भएको छ ।
यस्तै निर्वाचन घोषणापछि दुई राजनीतिक दलबाट विभाजित भएर दुई नयाँ दल थपिएका छन्। जनमत पार्टीबाट विभाजन भएर जनस्वराज पार्टी गठन भएको छ । त्यस्तै, नेपाल जनमुक्ति पार्टीबाट विभाजन भएर गठन गरिएको राष्ट्रिय जनमुक्ति पार्टी पनि आयोगमा सूचीकृत भइसकेको छ । योसँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १२६ पुगेको छ ।
शनिबार भएकाले आज बाँकी दलले दर्ताका लागि प्रक्रिया पूरा गर्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थपे पनि दल दर्ता गराउने मिति भने यथावत् राखेको छ। मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड लागे पछि शनिबार पनि बायोमेट्रिक गरिएको थियो ।
थपिएको अवधिमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेको प्रि-रजिस्ट्रेसन सिस्टममार्फत् आवेदन गरी निर्वाचन कार्यालयहर"मा बायोमेट्रिक्स सेवा लिन सकिने आयोगले जनाएको छ। मतदाता नामवालीमा नाम दर्ता गर्न अनलाइनमार्फत २४ सै घण्टा आवेदन दिन सकिनेगरी व्यवस्था गरिएको छ ।

.gif)