sevenstartv.com २२ मंसिर २०८२, सोमवार

उपेन्द्र यादवले उपाध्यक्ष र महासचिव थप्दै

२९ कार्तिक २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालले पदाधिकारी र केन्द्रीय कार्यकारिणी समिति सदस्य थप्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले एक उपाध्यक्ष, एक महासचिव र सात कार्यकारिणी सदस्य थप्ने निर्णय गरेको हाे । 

सात कार्यकारिणी सदस्यहरुको पदपूर्ति गर्दा मधेशी दलित १, महिला २, मुस्लिम १ र खुला ३ रहने छन् । आगामी केन्द्रीय समितिको बैठकबाट निर्वाचनद्वारा उपरोक्त पदहरुको पदर्पूति गरिने बताइएकाे छ । 

पदाधिकारी तथा सदस्य थप गरेसँगै जसपा नेपालको पदाधिकारी २१ सदस्यीय र केन्द्रीय कार्यकारिणी समिति ४१ सदस्यीय हुनेछ । जसपा नेपालले केन्द्रीय समितिमा पाँच सदस्य थप गरेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्