sevenstartv.com २१ मंसिर २०८२, आइतवार

देउवा दम्पती स्वदेश फर्किए, विमानस्थलमा कार्यवाहक सभापति खड्काले गरे स्वागत

२९ कार्तिक २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा स्वदेश फर्किएका छन् । कार्तिक १० गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका उनीहरु शुक्रबार नेपाल फर्किएका हुन् । 

देउवा दम्पतीलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेताहरु गएका थिए । गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीको आक्रमणमा परेका थिए ।

आक्रमणबाट गम्भीर घाइते भएका देउवाको टाउकाको पछाडि भागमा चोट लागेको थियो । त्यहाँ १२ वटा टाँका लगाएको कांग्रेस नेताहरूले बताएका थिए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्