sevenstartv.com २१ मंसिर २०८२, आइतवार

वर्तमान सरकार लोकतान्त्रिक नभएको र चुनाव गराउने नाटक मात्र गरेको अध्यक्ष ओलीको आरोप

२८ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको वर्तमान सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । भदौ २३ र २४ गतेको विध्वंसबाट गठन भएको गैह्रलोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु नहुने अध्यक्ष ओलीले बताएका हुन् । 

नेकपा एमाले झापाका अगुवा कार्यकर्ताहरूलाई बिहीबार राति भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैँमा हास्यास्पद भएको बताए । अध्यक्ष ओलीले सरकारले चुनाव गराउने भनेर घोषणा गरेको मिति अब चार महिना मात्र बाँकी रहेको अवस्थामा नेताहरूलाई स्थान हद तोकेर चुनावको मञ्चन गर्नु जनता झुक्याउने खेल मात्र भएको बताए ।

अध्यक्ष ओलीले एमालेमाथि जेनजीका नाममा भएको आक्रमण निस्तेज पार्ने भन्दै राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका कामबाटै जवाफ दिने दावी गरे ।त्यसक्रममा अध्यक्ष ओलीले गैह्रसंवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधिसभाको पुनर्स्थापनाका लागि एमालेले व्यापक दबाब सृजना गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्