जेन-जीले सामूहिक सम्झौतापत्र प्रधानमन्त्री कार्कीलाई बुझाउँदै
काठमाडौं । जेन-जी समूहले आज आफ्ना सम्झौतापत्र प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउँदै छन् । जेन-जी मुभमेन्ट अफ अलायन्सका अगुवा अमित खनालका अनुसार आज ११ बजे पछाडि प्रधानमन्त्री कार्कीलाई आफ्ना सम्झौतापत्र बुझाउन लागेका हुन् ।
तीनवटा जेन-जी समूहहरूबीच सहमति गरेर आफ्ना सम्झौतापत्र तयार पारेका छन् । जेन-जी मुभमेन्ट अफ अलायन्स, द काउन्सिल अफ जेन(जी र जेन-जी फन्ट, घाइते र सहिद परिवारका प्रतिनिधिहरूले विगत एक सातादेखि माग पत्र तयार पारिरहेका थिए ।
तयार पारिएको पत्रलाई आज प्रधानमन्त्री कार्यालयलाई बुझाएपछि माग सम्बोधन गर्ने सन्दर्भमा र आन्दोलनलाई संस्थागत गर्ने विषयमा प्रधानमन्त्रीले कदम चाल्नुपर्ने उनीहरूको माग छ।

.gif)