sevenstartv.com २२ मंसिर २०८२, सोमवार

निवर्तमान आइजीपी चन्द्रकुवेर खापुङको राहदानी रोक्का

२७ कार्तिक २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको बिदेश भ्रमणमा रोक लागेको छ । जेनजी घटनाको छानबिन तथा जाँचबुझ आयोगले आज बिहीबारदेखि नै लागू हुने गरी उनको विदेश भ्रमणमा रोक लगाइ उपत्यका बाहिर जानसमेत आयोगको स्वीकृत लिनुपर्ने गरी पत्राचार गरेको हो । 

आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्