sevenstartv.com २२ मंसिर २०८२, सोमवार

नवनियुक्त आइजीपी कार्कीले लगाए दज्र्यानी चिन्ह

२७ कार्तिक २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । 

उनलाई गृह सचिव रामेश्वर दंगालले दर्ज्यानी चिह्न लगाइ दिएका थिए । प्रहरीको ३३औं आईजीपीका रुपमा कार्कीले बिहीबारदेखि नै आफ्नो कमाण्ड सम्हाल्नेछन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा गएका छन् ।

कार्की २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्