sevenstartv.com २२ मंसिर २०८२, सोमवार

सरोज यादव बने मधेश प्रदेशका मुख्यमन्त्री

२४ कार्तिक २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता सरोज यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी हुन् ।

बर्दिबासस्थित एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाएकी हुन्। आफूसहित चार मन्त्रीले केहीबेरअघि प्रदेशप्रमुखबाट शपथ खाएको यादवले थाहाखबरलाइ जानकारी दिए। आफूसँगै तीन मन्त्रीले पनि शपथ लिएको बताए । 

संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठूलो दलको हैसियतमा मधेश प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् । प्रदेश सभाबाट विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै सोमबार बिहानै जनकपुरबाट काठमाडौँ प्रस्थान गरेकी थिइन्।  मुख्यमन्त्रीका हैसियतमा सोनलले उनलाई बिदाइ गरेका थिए।

यसअघि आइतबार बेलुकी नेपाली कांग्रेस, , जसपा, जनमतलगायत सात दलका ७८ प्रदेश सभा सदस्यले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखलाई आग्रह गरेका थिए।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्