एकीकृत समाजवादीको संयोजक बने घनश्याम भुसाल
काठमाडौं । एकीकृत समाजवादीले घनश्याम भुसाललाई पार्टीको संयोजक बनाएको छ । शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरूको ‘भर्चुअल’ बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको हो ।
अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गरेपछि विमति जनाउँदै भुसालले पार्टी पुनर्गठन गर्ने बताएका थिए । बैठकले विभिन्न पार्टीसँग वार्ता गर्ने जिम्मा भुसाललाई दिएको छ । यसैगरी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।

.gif)