sevenstartv.com २२ मंसिर २०८२, सोमवार

थपिए १ लाख ३६ हजार नयाँ मतदाता

२१ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । १ लाख ३६ हजार ६० जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । गत असोज १० गतेदेखि आयोगले  कात्तिक ३० सम्म नयाँ मतदातालाई मतदाता सूचीमा नाम दर्ता गर्न सार्वजनिक सूचना जारी गर्दै समय तोकेको छ ।

जसअनुसार असोज १० पछि बिहीबार बेलुकासम्म १ लाख ३६ हजार ६० जना मतदाता थपिएको जनाईको छ ।   बिहीबार एकै दिन ११ हजार एक सय ९७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

तीमध्ये ६ हजार चार ६१ पुरुष र ४ हजार सात सय ४३ जना महिला छन् । ुअन्यु दुई जनाले पनि नामावलीमा नाम दर्ता गराएका छन् । यो सँगै नयाँ नाम दर्ता गर्ने पुरुषको जम्मा संख्या ८१ हजार ८ सय ६४ पुगेको छ भने ५४ हजार एक सय ७८ पुगेको छ । ुअन्यु १८ जना पुगेको आयोगले जनाएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्