उपसभामुखलाई अपमानित नगर्न दुर्गा राईकाे आग्रह
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद् दुर्गा राईले उपसभामुखलाई अपमानित नगर्न आग्रह गरेकी छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘उपसभामुखलाई आतंकित र अपमानित गर्ने काम गरिँदैछ । म त्यस्तो गतिविधिको विरोध गर्दछु’ उनले भनिन् ।
उपसभामुख रानाले आफू जाने कार्यक्रममा सहभागी हुन अमेरिका जान लागेका चार जनालाई अन्तर्वार्ताको समय सार्न दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको थियो । त्यसबेला समेत प्रश्न उठेको थियो । पछिल्लो समय कांग्रेस र एमालेका सांसदहरूले उक्त विषय आचरणसँग जोडिएको भनेर यो विषय फेरि उठाउन थालेका छन् ।

.gif)