sevenstartv.com ५ पुष २०८२, शनिवार

लिपुलेक हुँदै भारत र चीनले व्यापारिक नाका खोल्ने विषयमा संसदलाई जानकारी गराउन प्रभु साहको माग

६ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालको भूमि लिपुलेक हुँदै भारत र चीनले व्यापारिक नाका सञ्चालन गर्ने बारेमा संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष साहले नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकतासँग जोडिएको नेपालको लिपुलेक भूमिबारेमा चुप लाग्न नहुने बताउँदै उनले यस्तो माग गरेका हुन् । 

‘नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको भूमि हो भन्दै सरकारले दुवै देशलाई कुटनीतिक नोट पठाएको थियो । यदी कुटनीतिक पहल गर्दै गर्दा यस्तो किन सुन्नमा आयो भन्ने प्रश्न गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने, ‘हाम्रा राजदूतहरू के गरेर बसेका छन् रु ती देशका राजदूतको कार्यसम्पादन मूल्याङ्कन गर्ने बेला आएको छ । नेताहरूले आफ्ना आसेपासे, नातागोता, विश्वासपात्रलाई राजदूत बनाउनुहुन्छ र उहाँहरू त्यहाँ डलरको व्यापार गर्नुहुन्छ । हैन भने किन प्रगति देखिएन ।’

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्