sevenstartv.com ५ पुष २०८२, शनिवार

विश्वासको मत नलिएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा दिएकाे रिटमा आज पेसी

६ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आजको लागि पेसी तोकिएको छ । 

बिहीबार अधिवक्ता वीरेन्द्र केसीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।  जनता समाजवादी पार्टी, नेपालले ३२ असार, २०८२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गर्दै समर्थन फिर्ता लिएको थियो ।

केसीले प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, सङ्घीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्