sevenstartv.com ५ पुष २०८२, शनिवार

'लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि हो'

५ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलालले  लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बर्तौलालले भारत र चीनबिच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाउँदै नेपाली भूमिमाथि नेपालको स्वीकृति र सहभागिताबिना छिमेकी देशहरूबिच सीमा व्यापार गर्ने गरी भएको सम्झौताको विरोध गर्ने बताएका हुन् ।

नेपाली भूमिमाथि नेपालको स्वीकृति र सहभागिताबिना छिमेकी देशहरूबिच सीमा व्यापार गर्ने सम्झौता भएको छ । नेपालको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकतामाथि आघात पुग्ने गतिविधिको प्रतिवाद र सशक्त विरोध गर्ने बताए । बर्तौलाले उच्चस्तरको कूटनीतिक संवादबाट यो विषयको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्