अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्ड अवरुद्ध
काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ । धुलिखेल नगरपालिका(८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण सडक दुवैतर्फका सवारी साधन रोकिएका छन् । यात्रुहरु बाटोमै अलपत्र परेका छन् भने लामो दूरीका सार्वजनिक यातायातसमेत अड्किनु परेको छ । प्रहरी र स्थानीयको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको र डोजर परिचालन गरेर पहिरो हटाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हूँदा काठमाडौंबाट दोलखा, सिन्धुपाल्चोक र तातोपानी नाका जाने तथा उपत्यका जाने सवारी रोकिएका छन भने आवतजावत गर्ने यात्रु समस्यामा परेका छन् ।

.gif)