sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

इरान-इजरायल युद्धविरामपछि टर्किस राष्ट्रपतिले भेटे अमेरिकी राष्ट्रपति ट्रम्पलाई

११ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले नेदरल्यान्ड्सको हेगमा भएको नेटो शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन् । उनले उक्त भेटमा इजरायल र इरानबीच युद्धविराम सुनिश्चित गराएकोमा ट्रम्पको प्रशंसा गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको प्रयासमा इजरायल र इरानबीच भएको युद्धविरामलाई स्वागत गर्दै राष्ट्रपति एर्दोआनले यो युद्धविराम दीर्घकालीन होस् भन्ने आशा व्यक्त गरेको जनाइएको छ  ।  

एर्दोआनले गाजामा जारी संकट अन्त्यको पहल गर्न पनि भनेका छन्। ‘राष्ट्रपति एर्दोआनले गाजामा जारी मानवीय संकट अन्त्य गर्न तथा रुस र युक्रेनबीचको युद्धको शान्तिपूर्ण समाधान खोज्न नजिकको संवाद आवश्यक रहेकोमा जोड दिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्