इजरायलले आक्रमण रोके हामी पनि रोक्छौं : इरान विदेशमन्त्री सेयद अब्बास
काठमाडौं । इरानले इजरायलले आक्रमण रोके आफूले पनि आक्रमण नगर्ने इरानका विदेशमन्त्री सेयद अब्बास अरघचीले सामाजिक सञ्जाल एक्समार्फतबताएका छन् ।
‘यदि इजरायलले अहिले नै अवैध आक्रमण रोक्ने हो भने, इरानले पनि थप प्रतिक्रिया दिने कुनै योजना बनाएको छैन,’ उनले भनेका छन् । उनले इजरायली आक्रमणको प्रतिक्रियास्वरूप भएको सैन्य कारबाही बिहान ४ बजेसम्म जारी रहेको बताएका छन् ।
त्यसअघि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेजस्तो युद्धविरामको कुनै पनि सम्झौता नभएको बताउँदै त्यसबारे पछि निर्णय गरिने उल्लेख गरेका थिए ।
