इरानमा अत्यन्त सफलतापूर्वक आक्रमण गरेको ट्रम्पको दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सफलतापूर्वक आक्रमण गरेको दाबी गरेका छन् ।
आणविक केन्द्रमा आक्रमणपछि ट्रपले सामाजिक सञ्जालमार्फत् यस्तो दाबी गरेका हुन् । अमेरिकाले तीन आणविक केन्द्रमा बम प्रहार गरेको उनको दाबी छ । उनले फोरडोअ, नातान्ज र इसफाहानमा आक्रमण भएको उल्लेख गरेका हुन् ।
इरानमा बमबारी सकेर विमान अमेरिका फर्किएको भन्दै उनले सामाजिक सञ्जालमार्फत् सेनालाई बधाई दिएका छन् ।
