sevenstartv.com १४ असार २०८३, आइतवार

रास्वपाले तोक्यो अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि

६ जेठ २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनलाई लक्षित गरेर नेताहरुलाई देशभर खटाउने निणर्य गरेको छ । वडा, पालिका, जिल्लाको भेला र अधिवेशन सम्पन्न गराउने हिसाबले नेताहरुलाई जिल्ला–जिल्लामा खटाइ कार्य विभाजन गरेको हो ।

भेला र अधिवेशनको समन्वय गर्ने गरी केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, सांसद, संघीय नेतृत्व मञ्च र विभागमा रहेका नेताहरुलाई जिल्ला तोकिएर खटाइने भएको छ । आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुन लागेको पहिलो महाधिवेशन समयमा नै सम्पन्न गर्ने निर्णय पहिला नै गिरिसकेको रास्वपाले सबै संरचनाको अधिवेशनको मिति समेत तोकि सकेको छ ।

यस अघि तदर्थ समिति गठन हुन नसकेका वडाको भेला जेठ २ गते गरिएको थियो । वैशाख २० गते अघि तदर्थ समिति बनेका वडाको अधिवेशन जेठ ३ गते सम्पन्न गरिएको थियो । अर्को चरणको वडा अधिवेशन जेठ १६ गतेका लागि तोकिएको छ । पालिका भेलाका लागि जेठ ९ गतेका लागि तय भई सकेको छ । पालिका अधिवेशन जेठ १० र १७ गतेका तोकिएको छ ।

जिल्ला अधिवेशन २३ र २४ गतेको लागि निर्धारण गरिएको छ । प्रदेश अधिवेशन जेठ २६ गतेबाट सुरु भई असार १ गतेसम्ममा सक्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । त्यस्तै केन्द्रीय तहबाट खटाइएका प्रतिनिधिहरुलाई कार्यादेशको निर्धारण गरिएको छ । वडा, पालिका, जिल्ला भेला हुन नसकेका स्थानमा केन्द्रीय प्रतिनिधिले समन्वय गरेर भेला बोलाउन सहजीकरण गर्नुका साथै सहज वातावरणमा आफ्नो जिममेवारी निर्वाह गर्नु पर्ने छ ।

रास्वपाले पार्टी संरचना नबनेको स्थानमा तदर्थ समिति बनाउने र गठन भइसकेका स्थानमा अधिवेशन गराउन समन्वय केन्द्रीय प्रतिनिधिले गर्ने जनाएको छ । त्यस्तै रास्वपाले वडा र पालिकामा ३० प्रतिशत मात्रै अधिवेशन भएपनि उपल्लो तहको अधिवेशन गर्न सकिने गरी निर्णय गरेको छ । 

प्रतिनिधि छनोट गर्दा हरसम्भव सांसदहरुलाई आफ्नै जिल्लामा खटाइएको छ । मन्त्रीहरुलाई महाधिवेशनको जिम्मेवारी दिई सकेको अवस्था छैन । क्षेत्र धेरै भएका जिल्लामा प्रतिनिधि समेत बढी खटाइएको विवरण सार्वजनिक गरिएको छ ।

रास्वपाले सांसद, केन्द्रिय विभागका सदस्य, जिल्ला समन्य सभापति लगाएत विभिन्न तह र तप्कामा बसेर रास्वपा भित्र जिम्मेवारी निर्वाह गरिरहेका व्यत्तिहरुलाई प्रतिनिधिको रुपमा खटाएको छ । 

 

यो पनि पढ्नुहोस्