विनियोजन विधेयकमा केन्द्रित रहेर प्रतिनिधिसभा बैठकमा छलफल हुने
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजेबाट बस्ने छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा केन्द्रित रहेर छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए ।
सोहि प्रस्तावमा सोमबारदेखि छलफल प्रारम्भ भएको थियो । वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. वाग्लेले सो सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । मंगलबार बसेको संसद बैठकमा श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध जनाएको थियो ।
संसद बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितीलाई अनिवार्य रुपमा हेरिए पनि प्रधानमन्त्री शाह भने सांसद बैठकमा उपस्थित भएका छैनन् । प्रधानमन्त्री शाहको सहभागिताका विषयमा चर्को आलोचना र विरोध भए पनि उनी अहिले मौन रहेका छन् ।
