sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

२३ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बिहीबार दिउँसोका लागि बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो ५ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी गराइएको छ । प्रधानमन्त्री नियुक्त भएपश्चात शाहले पहिलो पटक संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएसँगै बैठक बोलाएको हो । संवैधानिक परिषद्का ६ सदस्यमध्ये ३ जनाले निर्णय लिन सक्ने प्रावधान रहको छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्‍मा सभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख र विपक्षी दलको नेता सदस्य रहन्छन्। बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने लगायतका विषयमा निर्णय हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सेवानिवृत्त भएपछि सर्वोच्च अदालत नेतृत्वविहीन अवस्थामा छ। वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले हाल का.मु. प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेको अवस्था छ । निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा पनि पदाधिकारी रिक्त रहेकाले बैठकबाट नयाँ नियुक्ति गरिने बताइएको छ। 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्