sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

सुकुमवासी बस्तीबारे बोल्यो कांग्रेस : बल प्रयोग गर्नु सरकारको अपरिपक्वता हो

११ वैशाख २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसले सुकुमवासी समस्याको समाधानका लागि सरकार वार्ताका लागि तयार हुनुपर्नेमा जोड दिएको छ । प्रवक्ता देवराज चालिसेले संवाद बिनै बल जफत गर्नु राम्रो संकेत नभएको जनाएका छन् । उनले बल प्रयोग गर्ने विषय अन्तिम विकल्प रहेको स्पस्ट पार्दै बिना वार्ता र संवाद विकल्पमा प्रवेश गर्न नहुने कांग्रेसकोको धारणा रहेको बताएका छन् ।

प्रवक्ता चालिसेले अन्तिम विकल्पलाई बिना वार्ता बिना संवाद पहिलै विकल्पको रुपमा प्रयोग गर्नु भनेको यो सरकारको बचपना रहेको र यस्तो काम गर्नु भनेको अनुभवको अभाव सहितको अपरिपक्वता भएको उल्लेख गरेका छन् ।

उनले भने, सुकुमवासीको मात्र नभएर विद्यार्थी या अन्य कुनै विषय किन नहोस संवाद अपरिहार्य छ । संवाद सहकार्य वार्ताबाटै मात्रै सबै कुराको निकास निस्कने बताउदै प्रवक्ता चालिसेले  मुठभेड हुने काम सरकारबाट नहोस भनेका छन् । समस्या समाधान खोज्ने काम जिम्मेवार पक्षको रहेको बताउँदै चालिसेले भने, ‘कुरा सुन्नु पर्‍यो जनताको आवाज सुन्नु पर्यो अनि समाधानको बाटो रोज्नु पर्‍यो ।

 उनले भने अन्य कुनै उपाय नलागेको खण्डमा सरकारले हिंसा प्रयोग गर्ने सरकारले बल जफत गर्ने भन्ने कुरा त अन्तिम विकल्प छदै  छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्