sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

छलफलका लागि पुगे प्रधानमन्त्रीसँग गृहमन्त्री

९ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री वालेन शाहसँगको आन्तरिक छलफलका लागि गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।

गृहमन्त्री गुरुङको  विवादित व्यवसायी दीपक भट्टसँगको सााँठगाँठ, साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै चौतर्फी रुपमान आलोचना खेपिरहेका गुरुङ प्रधानमन्त्रीसँग विशेष छलफल गर्न पुगेका हुन् ।

गृहमन्त्री गुरुङले नैतिकताका आधारमा राजिनामा दिनु पर्ने दवाव रहे पनि उनी आफ्नै पारामा काम गरिरहेका छन् । उनको राजिनामाका बिषयमा चर्को आलोचना चले पनि उनले भने प्रधामन्त्री वालेन्द्रको आदेश कुरिरहेको जानकारकाहरुको भनाइ छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्