शेयर बजार १ सय २७ अङ्कले बढ्यो
काठमाण्डौ । केही दिनयता घटिरहेको शेयर बजार सोमबार उच्च अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से सोमबार एक सय २७ दशमलव ३२ विन्दुले बढेर दुई हजार आठ सय २३ दशमलव २५ विन्दुमा पुगेको छ ।
सोमबार सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । सोमबार नौ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ ।
यस्तै आठ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन लक्ष्मी उन्नति कोषको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।
सोमबार तीन सय ३५ वटा कम्पनीका तीन करोड १४ लाख कित्ता शेयर १३ अर्ब १० करोड रुपैयाँमा कारोबार भएका छन् ।

.gif)