बढ्यो सुनचाँदीको मूल्य
कतिमा भैरहेको छ कारोबार ?
मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार उक्त सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



















