शेयर बजार उच्च अङ्कले घट्यो, कारोबार पनि खुम्चियो
काठमाडौं । शेयर बजार आइतबार उच्च अङ्कले घटेर राताम्मे भएको छ ।
आइतबार सेयर बजारको परसूचक नेप्से २७ सयमुनि झरेको हो । अघिल्लो दिनको तुलनामा नेप्से ५३.६३ अंक घटेको हो । सो अंकको गिरावटपछि परिसूचक २६९५. ९३ अंकमा कायम भएको छ ।
कारोबार सुरु भएको १२ मिनेटमै नेप्से परिसूचक २७८१ अंकसम्म पुगे पनि वृद्धि टिक्न सकेन । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १२ अर्ब २४ करोडको कारोबार भएकोमा आइतबार १० अर्ब ५१ करोडमा खुम्चिएको छ ।
कुल ३१ कम्पनीको मूल्य बढ्दा २०९ कम्पनीको मूल्य घट्यो भने ४ को स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै क्षेत्रगत सूचक घटेका छन् ।
बैंकिङ २.३४, विकास बैंक १.८५, फाइनान्स ३.४४, होटल तथा पर्यटन २.९८, हाइड्रोपावर २.४०, लगानी १.३३, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा १.२३, अन्य १.०४ र व्यापार समूह ०.१९ प्रतिशतले घटेको छ ।

.gif)