sevenstartv.com २९ मंसिर २०८२, सोमवार

मोरङमा बेमौसमी वर्षाका कारण यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घट्यो

२८ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । मोरङमा बेमौसमी वर्षाका कारण यस वर्ष  धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो ।

मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवले कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको आकलन रहेको बताउनुभयो । गत वर्ष जिल्लामा तीन लाख ३९ हजार तीन दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टन उत्पादन भएको उनको भनाइ छ । 

 धानमा क्षतिका बिच मूल्यमा पनि गिरावट आएकाले किसान चिन्तित हुनुपरेको छ ।  यस वर्ष धानको बजार मूल्य प्रतिमन रु एक हजार २०० देखि रु एक हजार ३०० सम्म रहेको छ । गत वर्ष मङ्सिरमा धानको बजार मूल्य प्रतिमन रु एक हजार ७०० देखि रु एक हजार ८०० सम्ममा कारोबार भएको थियो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्