sevenstartv.com २४ मंसिर २०८२, बुधवार

लुम्बिनीले दियो सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य

११ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङका उत्रिएको लुम्बिनीले १९. ४ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनायो।  लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए ।

दिलिपनाथ ३१,डी मार्की सर्ट र सुमीत महर्जनले समान १८/१८, गुलब्दिन नैव ११, सन्दीप जोरा ७, थोमि डार्सा र अभिशेष गौतमले समान  ६/६, शेर मल्लले ४ रन बनाउँदा रुवेन ट्रुम्पेलमन खाता नखोली पेभेलियन फर्किए । बलिङतर्फ सुदूरपश्चिमका लागि अविनास बोहरा र हर्मित सिंहले समान तिन/ तीन र हेमन्त धामीले दुई विकेट लिँदा बि कुग्गेलेइजनले एक विकेट आफ्नो पक्षमा पारे ।

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ। तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ। यो टोलीले ६ अङ्क बटुलेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्