sevenstartv.com २२ मंसिर २०८२, सोमवार

बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

६ मंसिर २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

माडी नगरपालिका-१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमै मृत्यु भएको हो । उनलाई शनिबार बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

पैदलयात्रीलाई ठक्कर दिएसँगै बस अनियन्त्रित भई खेतमा खसको थियो । यसक्रममा बसका दुई यात्रु घाइते भएका छन् । घाइते दुवै जनाको बघौडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । बस चालकको खोजी भइरहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्