sevenstartv.com ६ कार्तिक २०८३, शुक्रवार

भीरबाट लडेर १ जनाको मृत्यु

९ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौँ । म्याग्दीमा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ ।

बेनी नगरपालिका ३ राखुस्थित छहारी कोलधारा सामुदायिक वनको मुख्ले भीरबाट लडेर २० वर्षीय सुदिप किसानको मृत्यु भएको हाे । म्याग्दी प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर थापाका अनुसार मंगलबार राती वनमा पुगेका सुदिप किसानको  लडेर मृत्यु भएको हाे ।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बेनीमा राखिएको प्रहरीले जनाएकाे छ । घटनाको विस्तृत विवरण अरु आउन बाँकी छ ।

यो पनि पढ्नुहोस्