स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते
प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा न.ं–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको प्रहरीले बताएको छ।
भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीका अनुसार मृतकको पहिचान भने खुल्न बाँकी रहेको छ। उक्त दुर्घटनामा २१ जना घाइते भएको बताइएको छ, जसमा ५ जना बालबालिका रहेको जनाइएको छ ।
तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीको भनाई छ। जिप सडकबाट करिब २५–३० मिटर तल खसेर दुर्घटना भएको थियो । घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको जनाइएको छ।
