sevenstartv.com २२ मंसिर २०८२, सोमवार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

१६ कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । गत शुक्रबार स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।  आज दिउँसो एक बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने भएको छ । 

कांग्रेसमा देखिएको महाधिवेशनसम्बन्धी विवाद मिलाउन भएका प्रयास असफल भएपछि शुक्रबार बैठक स्थगित गरिएको थियो ।  पार्टीभित्र डा. शेखर कोइराला नेतृत्वको इतर समूह आगामी मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ । समूहका नेता डा कोइरालाले एक वर्ष अगाडिदेखि नै पार्टी महाधिवेशन २०८२ मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् । 

शेरबहादुर देउवा नेतृत्वको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद मंसिर मसान्तमा सकिने भएकाले त्यो समयभित्र महाधिवेशन गर्नुपर्ने धारणा डा कोइरालाको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सकेसम्म मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन भन्दै आएका छन् । 

महामन्त्रीद्वय थापा र शर्माकै निर्देशनमा युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्