sevenstartv.com २२ मंसिर २०८२, सोमवार

अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौं महानगर

१४ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।  काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरण ले काठमाडौं क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गा र मापदण्डविपरीत बनेका संरचना हटाउन सात दिनको समयसीमा तोकेका छन् ।

दुई संस्थाको २ असोजमा बसेको संयुक्त बैठकले सार्वजनिक सम्पत्ति र जग्गा संरक्षणका लागि तत्काल कदम चाल्ने निर्णय गर्दै अत्यन्त जरुरी सूचना जारी गरेको हो ।सूचनाअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नपाइने र सो ऐनको दफा ९७ अनुसार सार्वजनिक सम्पत्ति संरक्षण तथा व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको भएकाले, ऐनविपरीत बनेका संरचना सात दिनभित्र स्वतः हटाउन आग्रह गरिएको छ ।

तोकिएको समयभित्र अतिक्रमण वा मापदण्डविपरीतका संरचना नहटाए कानूनी कारबाही गरी बलपूर्वक खाली गराउने चेतावनी दिएको छ । साथै, सर्वसाधारणलाई पनि यस्तो अतिक्रमणबारे जानकारी भएमा सम्बन्धित निकायमा सूचित गर्न अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्