sevenstartv.com २१ मंसिर २०८२, आइतवार

बैतडीमा जीप दुर्घटना : एक जनाको मृत्यु

१३ कार्तिक २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । मेलौली नगरपालिका-७ स्वाखानीमा जीप दुर्घटना भएको छ । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मेलाली नगरपालिका-२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहान मृत्यु भएको हो । 

अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्