जसपा नेपालले बोलायो कात्तिक १९ र २० गते केन्द्रीय समिति बैठक
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
आगामी कात्तिक १९ र २० गते काठमाडौंमा बस्ने गरी बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार वर्तमान राजनीतिक परिस्थिति, सङ्गठनात्मक कार्ययोजना, निर्वाचनलगायतका विषय बैठकका एजेण्डा रहेका छन् ।

.gif)