sevenstartv.com २२ मंसिर २०८२, सोमवार

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

९ कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। शीतलनिवासमा आइतवार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरूले शपथ लिएका हुन् । डा. सुधा गौतम र बब्लु गुप्ताले मन्त्रीको शपथ लिएका हुन् ।

डा. गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतवार बिहान मन्त्रिमण्डल विस्तारका लागि मन्त्रीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

मन्त्रिमण्डलमा चारजनाको नाम सिफारिस भए पनि विवादका कारण दुईजनाको मात्रै आइतवार शपथ भएको हो । प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस गरेकी थिइन् । उनीहरुको भने शपथ रोकिएको हो।

यसअघि प्रधानमन्त्री कार्कीले ७ जना मन्त्री नियुक्त गरेकी छन्। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, नेपाल सरकारका मन्त्री लगायत उच्चपदस्थ व्यक्तित्व सहभागी थिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्