sevenstartv.com २२ मंसिर २०८२, सोमवार

हर्क साम्पाङले दर्ता गरे नयाँ पार्टी

२ कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा पुगेर पार्टी दर्ता गरेका छन् । आइतबार उनले आयोगमा गएर श्रम संस्कृत पार्टीको सनाखत गरेका हुन् ।  साम्पाङले यसअघि असोज १२ गते नयाँ पार्टी खोल्नका लागि निवेदन दिएका थिए । 

उनले ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निवेदन दिएपछि आइतबार सनाखत गरेका हुन् । तर उक्त पार्टीको कार्यनीति र नेताहरू को(को छन् भन्ने उनले केही पनि खुलाएका छैनन् ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा समेटिने कोसिस असफल भएपछि उनी धरान फर्किएका थिए । धरान गएदेखि उनले निरन्तर काठमाडौंका मेयर बालेन्द्र साहमाथि सामाजिक सञ्जलबाट प्रहार गरिरहेका छन् ।

२०७९ को निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उठेका उनले लौरो चुनाव चिह्नबाट जित निकालेका थिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्