धनतेरस पर्व मनाइँदै
काठमाडौं । आज धनतेरस पर्व मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस मनाइन्छ । तिथिका हिसाबले शनिबार बिहान द्वादशी छ । दिउँसो १ बजेर २३ मिनेटमा त्रयोदशी लाग्ने भएकाले धनतेरस पर्व मनाउन निर्देश गरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाइएकाे छ ।
तिहार शुरु हुनुभन्दा अघिल्लो दिन आज सुन र चाँदीका गहना वा सिक्का तथा तामापित्तललगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ । यो दिन नयाँ गहना वा भाँडा किने घरमा सधैँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ ।
कार्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने कागतिहार भने बुधबार परेको छ । त्रयोदशीकै साँझ गरिने यमदीपदान शनिबार साँझ नै गरिँदैछ । धनतेरस पर्व छिमेकी मुलुक भारतमा धुमधामका साथ मनाइन्छ । नेपालमा भने यो चलन केही वर्षयता मात्र भित्रिएको हो ।

.gif)