दल घोषणा गर्दै जेनजी युवा मिरज ढुंगाना
काठमाडौं । 'गरिखान देउ' अभियानका संयोजक मिरज ढुंगानाले पार्टी घोषणा गर्ने भएका छन् । काठमाडौंको होटल एभरेस्टमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागेको उनले बताएका हुन् ।
टिकटकमा एक भिडिओ सार्वजनिक गर्दै उनले पार्टी खोल्नै पर्ने अवस्था आएको र त्यसका लागि वार्ता समितिले काम गरिरहेको बताए । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई परिवर्तन भन्दै आफूहरू अझै डटेर शान्तिपूर्ण रुपमा लड्ने बताएका छन् ।
यो आन्दोलन देशको मुहार फेर्ने अभियान भएको र यो फर्किएर धेरै समयसम्म नआउने भन्दै उनले देशको विकास होस् भन्ने चाहना हुनेहरूलाई आफूसँग जोडिन आह्वान पनि गरेका छन् ।

.gif)