sevenstartv.com २२ मंसिर २०८२, सोमवार

राष्ट्रियसभाका अध्यक्ष जेनेभा प्रस्थान

३१ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन् ।

टोलीमा राष्ट्रियसभाका  सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह सहभागी छन् । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् भने विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । 

अन्तर-व्यवस्थापिका सङ्घका स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरू सहभागी हुनेछन् । उक्त टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्