sevenstartv.com ११ असार २०८३, बिहिवार

अहिलेको प्रणाली परिवर्तन गराैँ : प्रभु साह

२९ असोज २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरूप र निर्वाचन प्रणाली रहेको बताएका छन् । 

मुलुकको पछिल्लो अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष साहले अहिलेको प्रणालीलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको समेत बताए ।

अहिलेको व्यवस्था रहँदासम्म देशलाई प्रगतिको दिशामा लान सकिँदैन भनेर आफूहरूले तेस्रो जनआन्दोलनको उद्घोष गरेको उनले बताए । उनले जेनजी आन्दोलनलाई संस्थागत गर्ने दिशामा जानुको सट्टा जेनजीको नाम भजाएर विदेशीको पोल्टामा लगेर थुपार्दिने काम भएको टिप्पणी गरे ।सुशीला कार्की आम जनताको

स्वामित्वमा नभएर तिरस्कृत नेताहरूको प्रस्तावमा प्रधानमन्त्री बनेको उल्लेख गदै साहले सरकार बनेपछिको गतिविधिहरू पनि अदृश्य र सन्दिग्ध रहेको जिकिर गरे । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्