sevenstartv.com २२ मंसिर २०८२, सोमवार

दलका प्रतिनिधि र सभामुखको छलफल सुरु

२९ असोज २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । दलहरुले सभामुखमार्फत् संसद पुनःस्थापनाको कसरत सुरु गरेका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन गरेर फागुन २१ गते निर्वाचन घोषणा भएका बेला दलहरुले पुरानै संसद ब्यूँताउन छलफल थालेका हुन् । 

हिजो मात्र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र संसद विघटनविरुद्ध १० वटा रिट परेका छन्। तर, अध्ययनकै क्रममा रहेकाले कुनैपनि रिट दर्ता भने भइसकेको छैन । माओवादी र रास्वपासहित तत्कालीन प्रतिपक्षी दलहरु निर्वाचनको पक्षमै रहे पनि कांग्रेस निर्वाचन र संसद पुनःस्थापना दुुबै स्वीकार्ने बताइरहेको छ । 

एमालेले भने सडकबाट समेत प्रतिवाद गर्ने बताइसकेको छ। यही बेलामा सभामुखको सक्रियता बढेको हो।  सभामुख घिमिरेले आज विघठित प्रतिनिधिसभामा राजनीतिक दलहरुसँग छलफल गरिरहेका छन् । बैठक केहीबेरअघि सिंहदरबारमा सुरु  भएको छ ।

छलफलमा कांग्रेस, एमाले माओवादी राप्रपा लगायतका प्रतिनिधि सहभागी हुँदा रास्वपा भने छलफलमा गएन। रास्वपाका नेता सन्तोष परियारले आफ्नो दल उपस्थित नभएको बताए । उनले पार्टीको सचिवालय बैठक भएकोले सहभागी नभएको स्पष्ट पारे। तर रास्वपा भने संसद विघटनको पक्षमै रहेकोले बैठकमा सहभागी नभएको बुझिएको छ । 

बैठकमा संसद विघटन भएको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको सहभागी नेताहरुले बताएका छन् । दलहरूसँगको छलफललगत्तै सभामुख घिमिरेले पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग समेत छलफल गर्ने तयारी गरेका छन् । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्