sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

आजदेखि सर्वोच्च अदालतमा रिट दर्ता

२८ असोज २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले आजदेखि रिट दर्ता गर्ने भएको छ । गत आइतबार बसेको अदालतको पूर्ण बैठकले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेपछि बन्द रहेको रिट दर्ता एवं सुनुवाइ आज शुरु गर्ने निर्णय गरेको थियो । 

सर्वोच्चले एक महिनापछि रिट दर्ता र सुनुवाइ गर्न लागेको हो । भवनसँगै सर्वोच्चको सर्भरमा क्षति पुगेको थियो । सर्भर रिकभरको प्रयास भइरहेको सर्वोच्च प्रशासनले जनाएको छ । अन्य सेवा शुरु गर्न भने छठअघि सम्भव नभएको जनाइएको छ । 

यद्यपि, केन्द्रीय सर्भर प्रणालीबाटै पेसी व्यवस्थापन हुने भएकाले देशैभरिका अदालतको सेवा प्रभावित बनेको छ । सेवा शुरु नभएसम्म म्याद नगुज्रने सर्वोच्च अदालतले प्रस्ट पारेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्