काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएकाे छ । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएकाे छ ।
परिवर्तित राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा तय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएकाे बताइएकाे छ । साथै स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति समीक्षा, सांगठनिक सुदृढीकरण एवं समसामयिक र पार्टीका विविध विषयमा छलफल हुने छ ।

.gif)